मार्क्सको बेलायती कुकुर जंगबहादुर र गोर्खा आन्दोलन कार्ल मार्क्सले आफ्नो डायरीमा जंगबहादुर राणालाई बेलायती कुकुर भनेर खरो टिप्पणी गरेका छन् । मार्क्सको शेषपछि उनका सहयोद्धा एंगेल्सले प्रकाशन गरिदिएको उक्त डायरीमा उल्लेखित विचारहरु मार्क्सको ‘भारतीय इतिहासपर एक टिप्पणीयाँ’ नामको भारतको सन्दर्भमा लेखिएको पुस्तकमा पनि पढ्न पाइन्छ । नेपालका राणा शासक, शक्तिशाली प्रधानमन्त्रीलाई ‘कुकुर’ भनेर किन लेखे होलान् ? कार्ल मार्क्स विश्व सर्वहारा श्रमजीवी वर्गका महान नेता तथा दार्शनिक कार्ल माक्र्स जंगबहादुरप्रति यति निकृष्ट शब्द प्रयोग गर्ने गरी किन आक्रोशित बने ? शोषित, पीडित श्रमजीवी जनताको मुक्तिको सिद्धान्तको प्रतिपादनमा लागिरहेका मार्क्सले करिब डेढ सय वर्ष अघिको नेपाली समाजमा उनको सिद्धान्तसँग ठ्याक्कै मेल खाने जनताका राष्ट्र प्रमुखसँग त्यतिबिघ्न रिसाउनु पर्ने कारण के बनेछ र हदैसम्म तल झरेर गाली गरेका होलान् भन्ने लाग्न सक्छ तर ब्रिटिस गोर्खा भर्तीको दुई सय वर्षको इतिहासलाई फर्केर समीक्षा गर्दै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) आन्दोलनको मोर्चालाई पनि मूल्याङ्कन गर्ने हो भने तथा नेप...
- Get link
- X
- Other Apps