जैन परम्पराका दिगम्बर सन्त तरुण सागरका जिविन उपयोगी शिक्षा



जैन परम्पराका दिगम्बर सन्त तरुण सागरका जिविन उपयोगी शिक्षा

सन्त तरुण सागर आफ्नो तिखो आवाज र एक श्वासमा कयौँ वाक्य बोलन सकने  थिए । मुनि तरुण सागरजी उज्जैनमा आफ्नै जीवनको चर्चित प्रवचन दिएका थिए । उनले त्यसक्रममा दिएको प्रबचन मन हल्लाउने गरी पाँच कडा सत्यसहितको प्रवचन दिएका थिए । उनका यी प्रवचनका कुरालाई मनन गर्न सकेमा हामी कैयौँ नराम्रा बानीबाट जोगिन सक्छौँ ।



पहिलो


प्रत्येक चौबाटोमा एउटा मसान घाट बनाउनुर्छ । यसबाट चौबाटोबाट हिँड्दै गर्दा व्यक्तिलाई आफ्नो मृत्युको अनुभूति हुन सकोस् । त्यसपछि मात्रै व्यक्तिमा त्याग र विरक्ति आउनेछ, अनि उसले आफूलाई जालझेल र छलकपटबाट टाढा राख्नेछ । यसो हुन सकेमा व्यक्ति बेइमानी, द्वेषबाट जोगिनेछ अनि मात्रै सुन्दर समाजको निमार्ण हुन्छ ।  



्दोस्रो

तरुण सागरजीले उज्जैनमा जागरण महोत्सवको समापन गर्दै अगाडि भनेका थिए, ’तपाईँहरुले मलाई आठ दिन सुन्नु भयो, चिन्तन गर्नुभयो र गुरु पनि मान्नु भयो । गुरु दक्षिणामा म तपाईँहरुसँग नोट माग्दिन, भोट झनै माग्दिन, तर खोट भने माग्छु । यदि मलाई गुरु मान्नुहुन्छ भने झोली फैलाएर भन्दै छु आफ्नो स्थानबाट उठ्नु भन्दा अघि आफ्नो एक खोट (गल्ती) मेरो झोलीमा हालेर जानुस्, यही नै मेरो गुरु दक्षिणा हुनेछ ।’


तेस्रो
 तरुण सागरजी सदैव भन्थे,  ’जीवनमा राम्रा मानिसको कहिल्यै खोजी नगर्नू, तपाईँ आफैँ राम्रो बन्नू, तपाईँसँग मिलेर सायद कसैको खोजी पनि पुरा हुनेछ ।



चौथो

मुनि श्री भन्थे, ’माता(पिता हुनुको नाताले आफ्ना छोरा छोरीलाई धेरै भन्दा धेरै पढाउनू र एक लायक मानिस बनाउनू । तर यति धेरै पनि लायक पनि नबनाउनू भोलि गएर उसले तपाईँलाई नै नालायक नसम्झिओस् ।



पाँचौ


तपाईँसँग के छ ? यो महत्वपूर्ण होइन । महत्वपूर्ण त तपाईँको साथमा के छ भन्ने कुरा हो । तपाईँसँग हुनुको अर्थ जसले मसान घाटसम्म साथ दिन्छ र साथको अर्थ जसले मसान घाट भन्दापछि पनि तपाईँसँगै रहिरहन्छ ।

Comments