साहित्यकार पारिजातको वहुमुखि आयाम


;flxTosf/ kfl/hftsf] jx'd'lv cfofd
Description: G:\download.jpg
नेपाल साहित्यको सर्वोच्च नारी प्रतिभाका रुपमा पारिजात ( विष्णु कुमारी वाइवा ) नाम अग्रपङ्तिमा लिन सकिन्छ । उनको जन्म वि.स १९९४ बैशाख महिनामा भारतको दार्जिलिङ चिया कमानमा भएको थियो । उनको पिताको नाम के.एन.वमइवा र माता अमृता मोत्तकान थियो । उनको न्वारनको नाम विष्णु कुमारी वाइवा भएपनि लामाले छेकुडोल्मा राखिदिएका थिए जसको अर्थ तारा रानी हुन्छ । उनका असङ्ख्य कृतिहरुले सुवास दिएर यस नामलाई सार्थक पारेकी छिन् ।

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा वाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा दाजिलिङमै पूरा गरेकी थिइन । वि.स. २०११ मा काठमाडौं आई पदमकन्या विद्याश्रमबाट एस.एल.सी ृकभभे र पदमकन्या कलेजबाट बी.ए सम्मको शिक्षा हासिल गरिन् । अङग्रेजी विषयबाट एम.ए गर्ने उद्देश्यले त्रिभुवन विश्व विद्यालयमा भर्ना भइन् तर शारीरिक अशक्तता र लेखन कार्यको विशेष सक्रियताको कारणले पूरा हुन सकेन । दर्शन शास्त्र र साहित्यका विषयका पुस्तकहरु खोजी खोजी अध्ययन गर्ने बानीले आफ्नो मस्तिष्कलाई अझ फराकिलो पारिन ।

पारिजात स्वतन्त्रप्रेमी र स्वाभिमानी नारी थिइन् । अरुको नियन्त्रणमा वस्न नरुचाउने र आफ्नो काममा कसैले बाधा दिएको मन नपरनउने नेपाली जातिप्रति गर्भ गर्ने , कृतिमता विरोधी कल्पनाशील नारी थिइन । उनले कुनै व्यक्ति वा वस्तुको सहजपनलाई मात्र महत्तव दिन्थिन् । प्रकृतिप्रेमी , सौन्दर्यप्रेमी र गायनमा समेत रुचि भएकी वाइवा दयालु र सहयोगी थिइन ।

पारिजात सङ्धर्षशील नारी थिइन । उनको जीवन सङधर्षै सङधर्ष र अभावले भरिएको थियो । वाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेहबाट वञ्चित हुनुप¥यो । एक मात्र दाजुको वियोगको पीडापछि पिताको संरक्षण र रेखेदेखमा अध्ययनमा लागेकी वाइवाले विभिन्न अभावहरुसँग जुध्नु प¥यो । २०२९ सालमा पिताको मृत्युपछि पितृ स्नेहबाट पनि टादिनुप¥यो । उनको जीवनमा झन् आर्थिक समस्याले झन गाँजदै गयो । २६ वर्ष उमेर देखि नै शरीर दुख्ने रोगले सताइएकी पारिजात ओछ्यानमै थला परिन् । सुत्न, उठ्न, हिड्न सक्ने सामथ्र्य भएन । उनकी एक मात्र बहिनीको सहायताले उपचारका लागि भारतका विभिन्न अस्पताल चाहारिने तर रोग निको भएन झन क्षयरोग, दम र अल्सरबाट समेत पीडित भइन् तर पनि उनी आफ्नो साहित्यिक कार्यक्षेत्रमा अथक रुपमा लागिन् र नेपालकी एक शिखर प्रतिभा हुन पुगिन् । उनले शारीरिक बलभन्दा आत्माबल ठूलो हुन्छ भन्ने कुरा पुष्टि गरिन् । अशक्त भएर पनि साहस र आत्मवल भए समाज र राष्ट्रका लागि ठोस् योगदान दिन सकिन्छ । जतिसुकै कठिन र अभाव भएपनि सिर्जना भन्ने कुरा कहिल्यै ओइलाउदैन भन्ने कुरा प्रमाणित गरिन् ।

पारिजात वहुमुखी प्रतिभाकी धनी थिइन् । वि.सं २०१३ मा धरती पत्रिकामा कविता प्रकाशन गरेर आफ्नो साहित्यिक यात्रा सुरु गरेकी पारिजातले कक्षा ४ पढदादेखि नै कविता कोर्ने गर्थिन् । उनका पिताले उनलाई डाक्टर बनाउने सपना देखेका थिए तर उनको भावुक कल्पनाशील हदयले गर्दा साहित्यिक क्षेत्र अगांल्न पुगिन् । आकाक्षा , पारिजातका कविताहरु, वैशालु वर्तमान उनका तीन कविता सङग्रह प्रकाशित छन् ।

पारिजात एक कथाकार पनि हुन् । वि.स. २०२१ सालमा ‘ मैले नजन्माएको छोरो’ कथा प्रकाशन गरेर उनी कथाको फाटँमा प्रवेश गरेकी थिइन् । उनका आदिन देश , सडक र प्रतिभा , साल्गीका बलात्कृत आँसु , बधशाला जादाँ आँउदा गरी चार कथा सङ्ग्ह प्रकाशन भएका छन् । उनका कथामा पात्रको जीवनको जटिलता चित्रण गरिएमा पाइन्छ भने पछिल्ला कथाहरुमा निम्न वर्गाका मानिस प्रति सहानुभूति पाइन्छ ।

पारिजात एक सशक्त उपन्यासकार पनि हून् । उनको आधुनिक उपन्यासको क्षेत्रमा विशिष्ट योगदान पनि छ । उनका हालसम्म दसओटा उपन्यासहरु प्रकाशन भएका छन् । ती हुन्  तोरीबारी बाटा र सपनाहरु , महत्ताहीन , बैसको मान्छे , तोरीबारी बाटा र सपनाहरु  अन्तमुखी , उसले रोजेको बाटो , पर्खाल भित्र र बाहिर , अनिदो पहाडसँगै , परिभाषित आँखाहरु र बोनी यी मध्ये वि.स. २०२२ सालको मदन पुरस्कार प्राप्त गर्ने सफल उनको शिरीषको फूल ले उनलाई चर्चामा पु¥यायो । जीवनको अर्थहीनता , विसंगति र निराशालाई मूल विषयवस्तु बनाएर लेखिएको यो उपन्यास अन्तराष्ट्रिय स्तरको छ । विभिन्न भाषामा अनुवाद द ब्लु मिमोस अमेरिकाको मेरिल्याण्ड विश्व विद्यालयको पाठ्यक्रममा समावेश गरिनु सम्पूर्ण नेपालीको लागि नै गर्वको कुरा हो ।

परिजातको लेखनकार्य संस्मरणात्मक निबन्ध पनि निकै अगाडि छ । धुपी सल्ला र लाली गुरासका फेदमा एउटा चित्रमय सुरुआत र अध्ययन र सङ्धर्ष उनका संस्मरणात्मक कृतिहरु ह्ुन् । यी कृतिमा उनको वाल्यावस्या देखि लिएर जीवनका महत्तवपूर्ण धटना भोग्नुपरेका वेदना र पीडा , अभावका कथा र ब्यायाहरुलाई सिलसिलाबद्ध रुपमा वर्णन गरिएको छ । यसका साथै महिला मुक्ति सम्बन्धी लेखहरुको सङकलन आधी आकाश पनि प्रकाशन भएको छ ।

पारिजात एक वौद्धिक , चिन्तनशील र गतिशील चरित्रकी लेखिका हन् । उनको लेखनमा विभिन्न आधुनिक वादहरुको प्रभाव पाइन्छ । समाजको यथार्थ चित्रण , सामाजिक असमान्ता , विसङगति र विकृतिका विरुद्धमा उनको लेखनी गति बेजोडको थियो । मानवता वादी चिन्तक भएर उनले राजनीतिक रुपमा पनि आफूलाई सचेत र सक्तिय तुल्याइन् । विश्वका प्रेसिद्ध समाजवादी चिन्तकहरुको विशेष प्रभाव उनमा परेको पाईन्छ ।

वहुआयामिक व्यक्तित्व पारिजात केहि बर्ष शिक्षण र पत्रकारिता पेसमा पनि आवद्द भएकी थिइन । साहित्य भनेको चेतना र जागरणको आलोक हो । यथार्थ साहित्यले समाजको वास्तविकतालाई प्रस्तुत गरी नागरिकलाई चेतना प्रदान गर्छ र सुधारतर्फ अभिप्रेरित गर्दछ ।

पारिजात एक सचेत र निर्भीक नारी प्रतिभा थिइन । विभिन्न साहित्य , सांस्कृतिक , सामाजिक सङ्धसंस्थासंग आवद्ध भएर उनले नेपालमा प्रजातन्त्रको प्राण्ति , मानव अधिकार र महिला मुक्ति आन्दोलनमा पनि योगदान पु¥याएकी थिइन । प्रगतिशील लेखक सङधको स्थापनामा पनि सक्रिय भूमिका खेलिन् । अखिल नेपाल महिला मञ्च र बन्दी सहायता नियोगकी संस्थापक अध्यक्ष नेपाल मानव अधिकार सङ्गठनकी संस्थापक उपाध्यक्ष र त्रिभुवन विश्वविद्यालय सभाको मनोनित सदस्य भएर उनले देश र जनाताको सेवामा आफूलाई समर्पित गरिन् । अन्य अन्तराष्ट्रिय सङ्ध संस्थामा समेत आवद्ध भई समाजको उतथानमा लागि पर्ने समाजसेवी व्यत्तित्व हुन् , पारिजात । उनले नेपाली भाषा र समहित्यमा दिएको योगदानको कदरस्वरुप मदन पुरस्कार गङ्की बसुनधरा पुरस्कार , सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार र नेपाल प्रज्ञा पतिष्ठानद्वारा विद्दद्वृति समेत प्रदान गरिएको थियो साथै उनलाई बिभिन्न संध सस्थाले अभिनन्दन पनि गरेका थिए ।

यसरी पारिजातले आफ्नो प्रतिकुल परिस्थितिसंग जुध्दै निरन्तर साहित्य क्षेत्रलाई फराकिलो पारिन । महिलाको हक अधिकारका लागि महिला मुक्ति आन्दोलनमा होमिएकी पारिजात २०५० बैशाक ५ गते यस संसार बाट विदा लिइन् जसले गर्दा सम्पूर्ण नेपाली साहित्य जगत् नै शोकमा डुब्यो । आस उनको भौतिक शरीर यस संसारमा भनए पनि उनका कृतिहरुले भने पारिजात सदैव अमर रहिरहने छिन् ।





Comments